Thu. May 15th, 2025

धादिङमा मिस एण्ड मिसेस धादिङ आइडल प्रतियोगीता हुने

missmrs-dahding-idel
सरिता श्रेष्ठ / २८ कात्तिक, धादिङ – 
धादिङमा मिस एण्ड मिसेस धादिङ आइडल २०१६ प्रतियोगीता हुने भएको छ ।

महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्य सहित अमेजन इन्टरटेण्डमेन्ट, काठमाडौँको आयोजनामा प्रतियोगीता हुन लागिएको हो ।

प्रतियोगिताका बिजेता मिस धादिङ आइडलको उपाधिसँगै मिस व्युटि क्युइन र मिसेस धादिङ आइडलको उपाधिसँगै मिसेस नेपाल आइडल प्रतियोगीतामा सहभागी हुन पाउने र विभिन्न आकर्षक पुरस्कारहरु प्रदान गरिने अमेजन इन्टरटेण्डमेन्ट इभेन्ट म्यानेजर कमल खतिवडाले जानकारी दिए ।

मिस धादिङ आइडलमा ३० जना र सिसेस धादिङ आइडलमा १५ जना प्रतियोगी सहभागी हुनेछन् । मिस धादिङका लागि १५ वर्षदेखि माथिका र मिसेस धादिङका लागि २० वर्ष उमेरमाथिका सहभागी हुन पाउनेछन् ।

प्रतियोगीताका लागि आगामी मंसिर १ गतेदखि तालिम सञ्चालन हुने जानकरी दिएको छ । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा आगामी मंसिर १८ गते ओमशान्ति चलचित्र मन्दिरमा हुने जानकारी गराइएको छ ।

हिमानी सुब्बा कोरियोग्राफर रहने प्रतियोगीताका लागि तयाररी तीब्र पारिएको आयोजकले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: