८ मंसिर, काठमाडौं –
त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस किर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए ।
उनको खुसीको एउटै कारण थियो सेमेस्टर प्रणालीमा समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन भई तह पूरा होला भन्ने आशा । उनले वार्षिक प्रणालीमा सास्ती भोगेका थिए ।
स्नातक तह अध्ययन गर्दा सयमयमा परीक्षा र नतिजा प्रकाशन हुन नसक्दा चारवर्र्षे कोर्स सकिन साढे पाँच वर्ष लागेको थियो । त्रिविले केन्द्रीय विभागहरुमा लागू गरेको सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा र नतिजा प्रकाशनमा ढिलाइको मुख्य कारण समयमा डिन नियुक्ति नहुनु रहेको छ । नागरिक दैनिकबाट
२०७३ मंसिर ८ गते प्रकाशित