३ माघ, धादिङ-
क्यान्सरको सफल उपचार गराएकी बलिउड नायिका मनिषा कोइराला पछिल्लो समय घर-संसारमै व्यस्त छिन् ।
उपचार गरेर तंगि्रएपछि ताजा तरकारी-फलफूल खानमा ध्यान दिएकी उनले घरको कौशीमै तरकारी खेती सुरु गरेकी छिन् । मनिषाले स्वस्थ खानाका लागि घरमै तरकारी रोपेको उल्लेख गरेकी छिन् ।
केही दिनअघि मात्रै उनले सामाजिक सञ्जाल मार्फत केही फोटो शेयर गर्दै सानो किचन गार्डेनमा गोलभेडा, भन्टा, खुर्सानी, प्याज, मुला लगायत तरकारी फलाउन थालेको जनाएकी छिन् । उनी फलफूल पनि निकै खान्छिन् ।
उनले आफ्ना शुभेच्छुक तथा दर्शकलाई पनि स्वस्थ रहन सुझाव समेत दिएकी छिन् । पानीले मानव जीवन शुद्ध बनाउन भूमिका खेल्ने बताउँदै आफूले पछिल्लो समय प्रशस्त पानी पिउन थालेको उनले उल्लेख गरेकी छिन् ।
हिन्दी चलचित्र ‘सौदागर’ बाट फिल्मी करिअर सुरु गरेकी मनिषाले दुई नेपाली चलचित्र ‘फेरि भेटौंला’ र ‘धर्मा’ मा समेत अभिनय गरेकी छिन् ।
२०७३ माघ ३ गते प्रकाशित