Sat. Jul 5th, 2025

धादिङका २० गाविस पूर्ण खोपयुक्त गाविस घोषित

फाइल फोटो

सरिता श्रेष्ठ /  २० माघ,  धादिङ –

धादिङ जिल्लाका २० वटा गाउँ विकास समितिहरुलाई पूर्ण खोपयुक्त गाविस घोषित गरिएको छ ।

फाइल फोटो
फाइल फोटो

‘स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता’ भन्ने नाराको साथ सन् २०१७ सम्ममा जिल्लालाई नै पूर्ण खोपयुक्त बनाउने उद्देश्यका साथ गाविसहरुलाई खोपयुक्त घोषित गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत शरद आचार्यले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङको समन्वय र सम्बन्धित गाविसको सहयोगमा २०७१ साउन २ गते पहिलो पटक साविकको मुरलीभन्ज्याङलाई पहिलो पटक पूर्ण खोपयुक्त गाविस घोषित गरिएको थियो । त्यसपछि क्रमश अन्य गाविसहरुलाई पनि पूर्णखोपयुक्त गाविस घोषित गरेको हो ।

जिल्लाको साविकको मुरलीभन्ज्याङमा ९३, मैदीमा १ सय ८९, ढोलामा १ सय ५०, सल्यानकोटमा १ सय ५, फुलखर्कमा ६८, बुढाथुममा ७१, बसेरीमा ६५, मुलपानीमा ४५, सल्यानटारमा १ सय २८, गुम्दीमा ७२, ज्यामरुङमा १ सय ७१, र नलाङमा १ सय १६ बालबालिका रहेकोमा सबै बालबालिकाले अनिवार्य रुपमा खोप लगाएको पाइएपछि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषित गरिएको हो ।

त्यस्तै धुवाकोट, खाल्टे, गोगनपानी, छत्रेदेउराली, जीवनपुर। कटुञ्जे, चैनपुर किराञ्चोक गरी २० वटा गाविसलाई खोपयुक्त बनाइएको हो । गाविसभरी रहेका बालबालिकाहरुको संख्या एकिन गरि खोपबाट वञ्चित भएनभएको तथ्याङ निकालीसकेपछि मात्र खोपयुक्त घोषण गरिएको कार्यलयले जनाएको छ ।

जन्मेदेखि २३ महिना उमेर समूहभित्रका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका खोपको मात्रा पूरा गरेका बलबालिकाले पूर्ण खोप पाएको घोषणा गरिएसँगै गाविसहरुलाई पूर्ण खोप गाविस घोषित गरिएको हो ।
एक नगरपालिका सहित ४६ गाविस रहेको जिल्लाका अन्य गाविसहरुलाई पनि क्रमश पूर्ण खोपयुक्त गाविस घोषित गर्दै जाने खोप अधिकृत आचार्यको भनाई छ ।

नेपालले अन्तराष्ट्रिय समुदायमा विभिन्न रोगहरुको उन्मुलन र न्युनिकरण गर्ने प्रतिबद्धता गरेकाले त्यस्ता रोगको उन्मुलन र न्युनीकरणका लागि पूर्ण खोपयुक्त क्षेत्र घोषणा अभियान सञ्चालन गरिएको हो ।

२०७३ माघ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: