Sat. Jul 5th, 2025

धादिङ कारागारमा आमाले भोगेको सजाय भोग्दै छन् बालबालिकाहरु

आमासँगै धादिङ कारागारमा रहेका सुचक थपलिया र बादल तामाङ । तस्विर : सरिता श्रेष्ठ पाविलन्यूज

सरिता श्रेष्ठ /  २२ माघ,  धादिङ  –

आफ्नो नीजि स्वार्थ त्यागेर सन्तानलाई माया ममता दिने आमा नै हुन् । सन्तानका हर खुसीमा रमाउने र सफलतामा हाँस्ने र ताली बजाउने तीनै ममताकी खानी हुन् आमा । शिक्षा, स्वास्थ्य, पोषण लगायत हर कुराहरुमा छिनछिनमा ख्याल राख्नै उनै आमा । तीनै आमाले भोगेको दुष्कर्मको सजाग भोग्दै छन् जिल्ला कारागार धादिङमा बालबालिकाहरु ।

धादिङ सेर्तुङ ५ का खेतीमाया तामाङ जिल्ला कारागार धादिङमा कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेकी छन् । उनीसँगै दुई वर्षीया छोरा बादल तामाङ पनि आमासँगै जेलमा छन् । बाहिरी वातावरणसँग घुलमिल हुने समयमा चिसो मौसम, एक सरो लुगा लगाएर जेलमा बस्न बाध्य छन् ।

आमासँगै धादिङ कारागारमा रहेका सुचक थपलिया र बादल तामाङ । तस्विर : सरिता श्रेष्ठ पाविलन्यूज
आमासँगै धादिङ कारागारमा रहेका सुचक थपलिया र बादल तामाङ । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज

सल्यानटार  १ की सुस्मीता थपलिया २ वर्षे छोरा सुचक थपलिया साथमा छन्  । भर्खर बाहिरी संसारमा घुलमिल गर्दै गरेका सुचक जेलभित्र चिसो जीवन बिताइरहेका छन् । अपराधजन्य घटना घटाएका बालबालिकाहरुलाई पनि कारागारमा थुनामा नराखेर बाल सुधार गृहमा राख्ने कानूनी ब्यवस्था छ । संरक्षण गर्ने अभिभावक नभएको हुँदा उनीहरु आमाको संरक्षणमा जेल जीवन गुजार्न बाध्य भएका हुन् ।

कटुञ्जे ७ का शान्तिमाया बिक कर्तव्य ज्यान मुद्धामा डेढ बर्षदेखि कारागारमा छन् । सँगै उनीसँग ११ महिनाको छोरी पनि छन् । त्यस्तै नागरिकता किर्तेमा परेर सजाय भोग्दै छन् । लापा ८ का कौसीमाया विक । उनीसँग पनि ८ महिनाको छोरी छन् । थाक्रे ९ का रञ्जना चेपाङ पनि ११ महिनाको छोरासँग कारागारमा छन् ।

धादिङ कारागारमा ५ जना बालबालिकाहरुले आमाले भोगेको सजाय भोगिरहेका छन् । कारागारमा छिरेसँगै यी बालबालिकाले न त उपयुक्त मात्रामा पोषणयुक्त खानेकुरा खान पाएका छन् भने न यी बालबालिकाहरुसँग कुनै किसिमको खेलौना छ । साँझ बिहानको दुइ छाक खाना र चाउचाउ बिस्कुटले मात्र दिनाचार्यहरु बितिरहेको छ । बालबालिकाले राम्रो सिक्न, राम्ररी हुर्कन पाएका छैनन् ।

जेलमा बस्नुपरेकाले ती बालबालिकाले उचित स्याहारसुसार, राम्रो पालनपोषणमा हुर्कन पाएका छैनन् । बालबालिका जेलभित्र रुने, छिटो–छिटो बिरामी हुने, दिसापिसाब गरिरहने गर्छन् यसले गर्दा सँगैरहेका अन्यलाई समया हुने गरेको जिल्ला कारागार धादिङका जेलर  मदन कुमार श्रेष्ठले बताए ।

झोलामा कापी कलम बोकेर विद्यालय जाने उमेरका यी नाबालकहरुले यसरी जेल जीवन बिताउनु पर्दा उनीहरुको कलिलो बाल मष्तिष्कमा कतिसम्मको प्रतिकूल असर पर्न सक्छ भन्ने विषयमा कसैले पनि चासो दिन सकेका छैनन् । कारागारमा जीवन बिताइरहेका बालबालिकाहरुको भविष्य तर्फ न त परिवारले सोचेका छन् न त कुनै सरकारी कार्यालयको नै ध्यान गएको छ ।

धादिङ कारागारमा २० जना महिला र १ सय १८१ जना गरि जम्मा २ सय १ जना कैदीबन्दीहरु छन् । ५ जना महिला र ३५ जना पुरुषको क्षमता रहेका धादिङ कारागारमा क्षमता भन्दा कैदीबन्दीहरु छन् ।

२०७३ माघ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: