
२६ माघ, धादिङ –
नेपाल पत्रकार महासंघ मध्यामाञ्चल विकास समितिले पाँच पत्रकारलाई सम्मान गरेको छ ।
नेपाल सरकारका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार धादिङबेसीमा आयोजना गरिएको नेपाल पत्रकार महासंघ मध्यामाञ्चलन क्षेत्रीय भेलाको अवसरमा सम्मान गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासङ्घको संस्थागत विकासका लागि पुर्याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केशी र अकोराबको अध्यक्षमा निर्वाचित सुवास खतिवडालाई नेपाल पत्रकार महासंघ धादिङको तर्फबाट सम्मान गरिएको छ ।
२०७३ माघ २६ गते प्रकाशित