
१ फागुन, धादिङ –
सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
आइतबार बिहान बसेको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए ।
पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समय आइतबारबाट सकिँदैछ ।
२०७३ फागुन १ गते प्रकाशित