Sat. Jul 5th, 2025

जनयुक्त दिवस धादिङमा पनि मनाइयो

janayudda

१ फागुन,  धादिङ –

१० वर्षसम्म एकसाथ युद्ध लडे पनि अहिले विभिन्न टुक्रामा विभाजित माओवादीहरुले आइतबार २२ औं जनयुद्ध दिवस मनाइरहेका छन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा आइतबार धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइरहेको छ । बेनिघाट रोराङ गाउँपालिकामा पार्टीको कार्यलय उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकग्राम जमरकट्टेलले नयाँ संरचनामा जाने भएपछि पार्टीको कामलाई व्यवस्थित बनाउन र आगामी चुनावलाई केन्द्रित गरी कार्यक्रम अघि बढाइएको बताए ।

दिवसको अवसरमा धादिङको १३ वटै गाउँपालिकाको केन्द्रमा पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गंगाजमुना गाउँपालिकामा नेकपा माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारी, रुविभ्याली गाउँपालिकामा सचिव विजय बुर्लाकोटी, नीलकण्ठ नगरपालिकामा सहसचिव मनराज भण्डारी शैलेस र सिद्धलेक गाउँपालिकामा कोषाध्यक्ष शम्भु श्रेष्ठले कार्यलयको उद्घाटन गरे ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो । १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट गरी १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए । कैयन अझै बेपत्ता छन्। नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएर रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालेको तत्कालिन नेकपा माओवादीले २०६३ मंसिर ५ गते तत्कालिन सरकारसँग शान्ति सम्झौता गर्दै हतियार बिसाएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । दुवै पक्षबाट हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । विस्तृत शान्ति सम्झौता भएको ८ वर्ष पूरासँगै दुई पटक सरकारको जिम्मेवारी सम्हालिसकेको विद्रोही माओवादीले जनताले अनुभूति गर्ने गरी युद्धको औचित्य भने पुष्टि गर्न सकेको छैन ।

२०७३ फागुन १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: