
६ फागुन, धादिङ –
स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिले गरेको आन्दोलन फिर्ता भएको छ ।
स्थानीय निकाय ट्रेड युनियन केन्द्रिय समन्वय समिति र स्थानीय विकास मन्त्रालयको वार्ता टोलीबीच सात बुदे सहमति भएपछि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ । विहिबार मध्यराती भएको बार्ता सफल भएपछि शुक्रबारदेखि सम्पूर्ण कामहरु सुचारु भएको स्थानीय कर्मचारी संघका केन्द्रिय उपमहासचिव भोला गौतमले पाविलन्यूज डटकमलाई जानकारी दिए ।
लामो समयदेखि स्थानीय निकायमा निर्वाचित पदाधिकारी नभएको सन्दर्भमा कर्मचारीबाट दोहोरो जिम्मेबारी निर्वाह गरिरहेको अवस्था अन्त्य गर्न स्थानीय तहको निर्वाचनको लागि नेपाल सरकारलाई अनुरोध गर्ने, नयाँ स्थानीय तहको संगठन संरचना र जनशक्ति व्यवस्थापन सम्बन्ध्मा संक्रमणकालीन व्यवस्थापन योजना कार्यन्वयन हुदाँ हाल सम्बन्धित स्थानीय निकाय कार्यरत कर्मचारीहरु मध्येबाट वडा र कार्यलयका विभिन्न शाखामा समाहित गरी व्यवस्थापन गर्ने लगायतको सहमति भएको गौतमले बताए ।
२०७३ फागुन ६ गते प्रकाशित