

अर्जुन श्रेष्ठ / ६ फागुन, धादिङ –
उत्तरी धादिङको री गाविसकी विष्णुमाया तामाङले भूकम्प गएको २२ महिनापछि आफ्नै घर पाएकी छन् । भूकम्पले घर भत्किएपछि सदरमुकामस्थित आसपासमा बस्दै आइरहेका उनीसँगै १ सय ३४ घर परिवारले आफ्नै घर पाएका छन् ।
भुकम्पले घर भत्कियो । जग्गा जमिन पनि चिरा चिरा प¥यो । माथिबाट पहिरो झर्ने तलबाट तानिने भएपछि बसाइनै स¥र्याै । कोहि सदरमुकाम आसपास त कोहि गाउँ नजिकैको जंगलमा वस्यौ । रि ५ धादिङकी उर्मिला तामाङ भन्छिन्,“हामी उत्तरी धादिङका भुकम्प पीडित मर्नु न बाँच्नु भएर घर न घाटको जीन्दगी वितायौ । अहिले घरसँगै खुसीका बाटो खुलेका छन् । ”
भुकम्पमा आफ्नो परिवार परेको खवर सुनेपछि धादिङबेशीबाट उर्मिला गाउँ पुगेकी थिइन् । गाउँको अवस्था देखेपछि बाँच्न र बचाँउन हार खाएकी उनले राप्ति विकास समितिसँग सहयोग मागेकी थिइन् । राप्ति विकास समिति मकवानपुरका अध्यक्ष ऋषिराम आचार्यले भुकम्पले दिएको घाउँमा मलम लगाउन सहयोग गरेपछि उर्मिला तामाङको मनमा खुसी छायो ।
नीलकण्ठ १२ धादिङमा अस्थायी टहरामा बस्दै आएका उत्तरी धादिङका पीडितलाई निर्माण समिति दामगाडेको अध्यक्ष समेत रहेकी उर्मिलाकै पहलमा १ सय ७० परिवारलाई घर बनाइ रहेको छ । दामगाडे शिविरमा बस्दै आएका विस्थापित १ सय ९२ परिवार मध्ये २२ परिवार भने अन्यत्रै व्यवस्थित भएका छन् ।
१ सय ७० घर निर्माण गर्न करिव ३ करोड खर्च हुने अनुमान गरिएको छ । राप्ति विकास समिति मकवानपुरले करिव १ करोड ५० हजार र बाकी पिडित आफैले जुटाएका छौ । उर्मिला थप्छिन् “भुकम्प प्रतिरोधात्मक घर बनाउने तालिम लिएर घर बनायौ । बाकी घर पनि छिट्टै बनाउनेछौ र १ सय ७० परिवारलाई नै त्रिपालको टहराबाट मुक्ति दिलाउने छौ । ”
नीलकण्ठ नगरपालिका १२ दामगाडे शिविरको नेतृत्व गर्दै आएका रि ५ धादिङका बुद्धसिंह तामाङ भन्छन् “त्रिपालको टहरामा दुखले वितायौ । गाउँमा पहिरोले बस्ने अवस्था थिएन । जग्गा धनीले शिविरमा सधै बस्न पनि दिएन । आफुसँगै आएको १ सय ९२ परिवारको पिरले दिनमा भोक र रातमा निदाउन सकिएन । ”
वर्षातको समयमा टहरामा परेको पानी, र गाँस वासको चिन्ताले बगेको आँसुको निकास खोज्न निकै संघर्ष गर्नुप¥यो ।
२०७३ फागुन ६ गते प्रकाशित