
९ फागुन, सिन्धुली –
राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली-बर्दिबास सडक अवरुद्ध भएको छ । आइतबार राति एक्कासी पहिरोले सडक भासिएपछि सडक अवरुद्ध भएको हो ।
करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेपछि यो बाटो बन्द भएको हो । तल सुनकोशी नदी भएकाले डाईभर्सन गर्ने ठाउँ समेत नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली सहित पूर्व जाने यात्रुलाई समस्या भएको छ । बाटो छोटो भएकाले पूर्व चल्ने साना गाडी यही सडकबाट चल्ने गरेका थिए । जापान सरकारले बनाएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि गाडी चल्न थालेको हो ।
सडक भत्किएपछि दुबैतर्फको आवागमन रोकिएको छ ।
फोटो सौजन्य : उज्जल पहाडिको फेसबुकबाट
२०७३ फगाुन ९ गते प्रकाशित