
११ फागुन, धादिङ –
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरिका जिल्ला विकास समितिको कार्यालयलाई जिल्ला परिषद् रोक्नलाई निर्देशन दिएको छ ।
निर्वाचनको मिति घोषणा भइसकेको र एक हप्ताभित्रै जिल्ला विकास समिति आफैँ खारेज हुन लागेको अवस्थामा अब जिल्ला परिषदको काम अघि नबढाउन मन्त्रालयले निर्देशन दिएको हो ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आयोग कार्यान्वयन भएलगत्तै जिल्ला विकास समिति स्वत खारेज हुनेछ ।
२०७३ फागुन ११ गते प्रकाशित