
११ फागुन , धादिङ –
नेपालका विभिन्न जिल्लाका बालबालिकाको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गरिरहेको ब्रदर्श हेल्पलाईन अफ नेपाल बीएचएलले विदेशमा समस्यामा परेका नेपाली कामदारलाई उद्धार गर्न सक्रियता देखाएको छ ।
साउदी, दुबई, मलेसिया र कतारमा रहेका बीएचएलका सदस्यहरुले ३ वर्षदेखि बाल स्वास्थ्यमा आर्थिक सहयोग तथा शैक्षिक सामग्री वितरण गर्दै आएको थियो ।
बाल शिक्षालाई प्रमुख एजेण्डा बनाएका बीएचएलले यो वर्षदेखि अन्य सामाजिक समस्याहरुमा सहयोग गर्न थालेको हो ।
बीएचएलले अहिलेसम्म स्वास्थ्य क्षेत्र अन्तर्गत क्यान्सर पीडित मोरङ निवासी स्कुले विद्यार्थी आकृती कार्की र रविन्द्र धिमाललाई आर्थिक सहयोग गरेको छ ।
अहिलेसम्म नेपालमा रौतहट जिल्लामा रहेका केहि विद्यालयमा लत्ताकपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाइ करिव १ लाख ५० हजार र स्वास्थ्य क्षेत्रमा करिव २ लाख रकम बराबरको सहयोग गरेको केन्द्रिय सदस्य नारायण कटुवालले सउदीबाट जानकारी दिए ।
विदेशमा अलपत्र परेका नेपाली कामदारलाइ उद्धार गर्न, काम खोजिदिन, न्याय दिलाउन तथा नेपाल फर्काउन ब्रदर्श हेल्पलाईन अफ नेपाल बीएचएलले काम गरिरहको कटुवालले बताए ।
गत तिहारदेखि सउदीमा हराइरहेको बसेरी ४ धादिङका आसमान गुरुङलाई पनि ब्रदर्श हेल्पलाईन अफ नेपालले उद्धार गरी नेपाल फर्काउने तयारीमा रहेको बताए ।
सक्रिय सदस्य एवम् सउदीका कन्ट्री इन्चार्ज नारायण कटुवालको नेतृत्वमा बीएचएलका संस्थापक भुपिन कटुवाल, केन्द्रीय उपाध्यक्ष सुरज काफ्ले, महा सचिव धननजय तामाङ, सचिव दिपक भण्डारी, केन्द्रिय सदस्य युवराज शिवाकोटीको समिति समेत निर्माण गरिएको छ ।
२०७३ फागुन ११ गते प्रकाशित