Sat. Jul 5th, 2025

भूकम्पले भत्काएका ८ हजारमध्ये हजार बिद्यालयको मात्रै पुनर्निर्माण

school

१२ फागुन, काठमाडौं –

२०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पले भत्काएका ७ हजार ९२३ भवनमध्ये अहिलेसम्म १ हजार ४९ को मात्रै पुनर्निर्माण भएको छ ।

शैक्षिक संस्था पुनर्निर्माणका लागि १ खर्व ८० अर्व आवश्यक पर्ने शिक्षा मन्त्रालयको अनुमान छ । भत्किएका शैक्षिक संस्था तीन बर्षभित्र पुनर्निर्माण सक्ने मन्त्रालयको लक्ष्य छ ।

यसका लागि मन्त्रालयलाई बर्षमा ६० अर्व रुपैयाँ अवश्यक पर्छ । छर सरकारले शैक्षिक संस्था पुनर्निर्माणका लागि यस बर्ष १ अर्व रुपैयाँमात्र छुट्याएको छ ।

१ कक्षादेखि १२ कक्षासम्मको भवन बनाउनमात्र १ खर्व ६७ अर्व आवश्यक रहेकोमा बिकास साझेदार मुलुक र दातृ निकायले गरेको सहयोगमध्ये ५१ अर्वको मात्र स्रोत पहिचान भएको छ ।

भूकम्पले ध्वस्त बनाएका बिद्यालयको पुनर्निर्माण गति सुस्त भएकोबारे आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

२०७३ फागुन १२ गते प्रकशित

About The Author

अन्य समाचारहरु: