

१३ फागुन, धादिङ –
नेपाल मगर संघ धादिङको ९ औँ जिल्ला अधिवेशन आगामी फागुन २८ र २९ गते धादिङबेसीमा हुने भएको छ । अधिवेशनको तयारीका लागि विभिन्न गाविसहरुमा अधिवेशन भइरहेको छ ।
अधिकार सम्पन्न एकिकृत मगरात स्वायत प्रदेश प्राप्तिका लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा नवौँ जिल्ला अधिवेशन भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो ।
अधिवेशनका लागि नेपाल मगर संघ धादिङका कार्यवाहक अध्यक्ष सुरेन्द्र थापा मगरको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमको अवसरमा कौह्रा र सालैजो लोकनृत्य प्रतियोगीता हुने आयोजक समितिका संयोजक तथा नेपाल मगर संघ धादिङका कार्यवाहक अध्यक्ष मगरले जानकारी दिए ।
कार्यक्रममा कलाकारहरु निर आले, हेमन्त आले, खेमजी राना, रंजिता थापा लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने मगरले जानकारी दिए ।
२०७३ फागुन १३ गते प्रकाशित