Sat. Jul 5th, 2025

सिड्स धादिङद्धारा सिद्धलेकमा एकिकृत घुम्ती शिविर, ८ सयलाई सुचना प्रवाह

counciling
१३ फागुन,  धादिङ –

महाशिवरात्रीको अवसर पारेर धादिङको नलाङ स्थित सिद्धलेकमा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङ द्वारा सन्चालीत सुरक्षित आप्रवासन सामि परियोजना अन्तरगत मेलामा घुम्ती शिविर सन्चालन गरिएको हो ।

बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउने उद्देश्यले महाशिबरात्रीको अवसर पारेर घुम्ती शिविर सन्चालन गरीएको सामि कार्यक्रम संयोजक गँगा सुवेदीले बताउनु भएको छ ।

  बैदेशिक रोजगारमा देखा परेको चुनौती कम गर्नको लागी स्थानीय स्तरमा सेवा प्रवाह गर्नको लागी सन्चालन भएको घुम्ती शिवीरमा ८ सय भन्दा बढीलाई सुचना प्रवाह गरिएको थियो ।

घुम्ती शिवीरमा वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने प्रक्रिया, पैसा तथा पासपोर्ट बुझाउदा गर्नुपर्ने भरपाई, निशुल्क सिप, ठगीमा परेका वा अलपत्रमा परेकाहरुलाई आवश्यक प्रक्रियामा सहयोग, वैदशिक रोजगारको कारण परेको मनोसामाजिक समस्या कम गर्न सन्चालन भएको परामर्श सेवा र रेडियो कार्यक्रम देशपरदेशको बारेमा जानकारी गराईएको थियो ।

मेला भर्न आएका  श्रद्धालुभक्तजनहरुलाई सामाजिक परिचालक विनोद ढकाल र मनोविमर्शकर्ता रामकुमार थापाले सहजिकरण गरेका थिए ।

२०७३ फागुन १३ गते प्रकाशित  

About The Author

अन्य समाचारहरु: