

१५ फागुन, धादिङ –
नेपाल पत्रकार महासंघसँग आवद्ध अनलाइन पत्रकार सङ्घको अध्यक्षमा क्लिकमान्डु डट कम’का शिव सत्याल अध्यक्षमा निर्वाचित भएका छन् ।
संघको शनिबार काठमाडौँमा सम्पन्न नवौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनमा सत्याल ६२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी अनलाइनखबर डट कमका अरुण बरालले २४ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भए। केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भए।
२०७३ फागुन १५ गते प्रकाशित