
१६ फागुन, धादिङ –
भुकम्पले ध्वस्त बनाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको नयाँ भवन निर्माण भएको छ ।
कार्यालयको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कुल १७ लाख ७४ हजार ५ सय ३८ रुपैयाँ लगानी गरि निर्मीत नयाँ भवन र १२ लाख ६३ हजार ९ सय ९९ को लगानीमा मर्मत गरिएको पुरानो भवनको नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष्य संजिव थापाले उद्घाटन गरे ।
भवन उद्घाटन गर्दै थापाले विषम परिस्थीतीको बाबजुत पनि भवन निमार्ण गर्न सफल भएकोमा बधाइ दिदै निरन्तर नागरिकको सेवामा लागीरहन आग्रह गरे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोइरालाको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष्य संजिव थापा, सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी को विशेष आतिथ्य रहेको थियो ।
२०७३ फागुन १६ गते प्रकाशित