Sat. Jul 5th, 2025

दुई वटा जहाज उडाउन तीन जनामात्रै पाइलट

 nac-nepal-airlince-domestic

१९ फागुन, काठमाडौं ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुई थान चिनीयाँ जहाज छन्। तर तीनलाई उडाउन निगमसँग जम्मा तीन पाइलट छन । थप अचम्म केहो भने, तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका निगमले बनाएको छ। त्यसमाथि तीनमध्ये जहाज कमान्ड गर्ने क्याप्टेन एक जना मात्र छन भने बाँकी दुई कोपाइलट हुन ।

यस हिसाबले एक दिनमा दुई जहाजबाट चार उडान हुनेछन्। एउटा जहाजले दुई उडान गर्नेछ । अब एउटा क्याप्टेन र दुई कोपाइलटले एकैचोटी चार उडान गर्ने असम्भव तालिका बनाइएको छ । एउटा जहाज उडाउन एक जना क्याप्टेन र एकजना को पाइलट चाहिन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तिरिक उडान गर्ने निगमको एक थान साना जहाज उडाउन क्याप्टेन र कोपाइलट गरी पाँच जना चाहिन्छ। यसको अर्थ दुई क्याप्टेन र तीन को पाइलट वा तीन क्याप्टेन र दुई को पाइलट हुनुपर्छ भन्ने हो ।
 नागरिक दैनिकबाट ।
२०७३ फागुन १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: