

२० फागुन, धादिङ –
विश्व पर्वतारोही एबम् लामो दुरीका धावक सञ्जय पण्डितलाई शुक्रबार काठमाडौँमा सम्मानित गरिएको छ ।
एक कार्यक्रममा राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघको साधारणसभामा उनलाई साहसिक खेलकुद सम्मानपत्र प्रदान गरिएको हो ।
सम्मान कार्यकममा खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट,संघका अध्यक्ष दिपक विष्ट र महाचिव दिपक श्रेष्ठले पण्डितलाई ताम्रपत्र संयुक्तरुपमा प्रदान गरे ।
पण्डितले सगरमाथा र मनास्लुसहित विश्वका ११ चर्चित हिमालको सफल आरोहण गरिसकेका छन् ्र।
२०७३ फागुन २० गते प्रकाशित