Mon. May 12th, 2025

अब गर्भ जाँच गरी जन्मजात अपाङ्गता रोक्न सकिने

garbhati

२१ फागुन काठमाडौं ।

अब गर्भावस्थामा नै जाँच गरी शिशुको शारीरिक अवस्थाबारे थाहा पाई जन्मजात हुने अपाङ्गताबाट बच्न सकिने चिकित्सकले बताएका छन । ‘जन्मजात हुने अपाङ्गता दिवस’ का अवसरमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र करुणा फाउण्डेशनले गरेको कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा धनराज अर्यालले जन्मजात अपाङ्गता रोक्न गर्भमै जाँच गराउनुपर्ने बताए ।

उनले जीवित जन्मको एक तिहाइ जन्ममा जन्मजात अपाङ्गता हुने गरेको अनुसन्धानले देखाएको बताउँदै नेपालमा कती अपाङ्गता भएका शिशु जन्मिने गरेका छन भन्ने यकिन तथ्याङ्क नभएको उल्लेख गरे । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले विश्वमा हरेक चारदेखि पाँच मिनेटमा एक अपाङ्ग शिशुको जन्म हुने गरेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले यससम्बन्धी ठोस कार्यक्रम सञ्चालन नगर्नु दुःखद् पक्ष भएको बताए ।

गर्भवती महिलालाई शिशुको स्वायु प्रणालीमा समस्या नदेखियोस भनेर खुवाइने ‘फेलिकेसिट’ नामक भिटामिन खानु हुँदैन, टाउको ठूलो हुन्छ भन्ने अन्धविश्वास अझै छ । त्यो अन्धविश्वास हटाउन नै मन्त्रालयले काम गर्न नसकेको उनको भनाइ छ ।
डा टेकेन्द्र कार्कीले खेतबारीमा किटनाशक औषधि प्रयोग गर्ने महिला र धूमपान, मद्यपान, सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलाबाट जन्मिने बच्चामा जन्मजात अपाङ्गता हुने जोखिम बढी रहेको बताए ।

सरकारले सन् २०१४ देखि सन् २०१५ सम्ममा नेपालमा अपाङ्गता भएका नवजात शिशु जन्मबारे १० अस्पतालमा गरेको अध्ययनमा ८० हजार जीवित जन्मिएका शिशुमा ३३१ अपाङ्गता भएका शिशु जन्मिएको अध्ययनले देखाएको पनि बालरोग विशेषज्ञ अर्यालले जानकारी दिए । हाल १६ वटा अस्पतालको तथ्याङ्क लिएर अनुसन्धान भइरहेको पनि बताइएको छ ।
 राजधानी दैनिकबाट ।
२०७३ फागुन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: