Mon. May 12th, 2025

कुम्पुर र बेनिघाटमा संचालित खानेपानी आयोजनाको अनुगमन

khanepani aayojan 2
२२ फागुन,  धादिङ –

अक्फाम नेपालको साझेदारीमा फोकस नेपालले संचालन गरेको विभिन्न आयोजनाहरुको शनिबार अनुगमन गरिएको छ ।

धादिङको कुम्पुर र बेनिघाटमा संचालन गरिएको खानेपानी आयोजनाको अनुगमन गरिएको हो । कुम्पुरको रैकर खोला खानेपानी आयोजना, दारेटोल खानेपानी आयोजना, कुम्पुर भन्ज्याङ, बेनिघाटको माइटार खानेपानी आयोजनाको अनुगमन गरिएको हो ।

भूकम्पपछि समूदायमा खानेपानीको मुहान नै सुकेपछि त्यस क्षेत्रमा पानीको अभाव भएको थियो । खानेपानी लिनकै लागि टाढा जानु पर्ने र त्यो पनि शुद्ध पानी खान नपाउने समस्यालाई मध्यनजर गर्दै कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक रामहरि पन्तले जानकारी दिए ।

khanepani

पानी लिनका लागि टाढा जानुपर्ने समस्या भोगिरहेका कुम्पुर र बेनिघाटबासी आयोजना पश्चात निकै नै खुसी छन् । अहिले घरायासी काम, तरकारीबाली लगाउनका लागि सहयोग बनेको स्थानीयहरु बताउँछन् ।

जिल्लाभर धुषा, बेनिघाट, गजुरी, कुम्पुर र दार्खामा कार्यक्रम संचालन गरिएको जनस्वास्थ्य तथा वास कार्यक्रमका सहायक चन्द्र तिमिल्सीनाले जानकारी दिए । कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयमा छात्रामैत्री विद्यालय निर्माण समेत गरिएको छ ।

२०७३ फागुन २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: