
२४ फागुन, धादिङ –
नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ । विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् ।
अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा र्यापिड रेस्पोन्स सिस्टम ९प्यान्स्टार्स० ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो०का अध्यक्ष सुरेश भट्टराईका अनुसार १९ जना खगोल विद्यामा क्रियाशील नेपाली शिक्षक, विद्यार्थी र खगोलविद्ले मङ्गल र वृहस्पति ग्रहबीचका छ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गरेका छन् ।
नेपाली विद्यार्थीले पत्ता लगाएका क्षुद्र ग्रहको नाम पी–१० वाईएलएफ ९, पी–१० वाईकेएक्सएच, पी–१० वाईकेजेड ५, पी–१० वाईओपीजेड, पी–१० वाईओक्यू र पी–१० वाईपीजेड रहेका छन् । यी क्षुद्र ग्रहको नामकरण प्रारम्भिक चरणमा गरिएकाले हवाई विश्वविद्यालय र नासाले यिनको पुनः नामकरण गर्नेछन् ।
क्षुद्र ग्रह सौर्यमण्डल बन्दै गर्दा निर्माण भएको मानिन्छ । यस्तो अनुसन्धानले सौर्यमण्डलको उत्पत्तिका बारेमा थप अध्ययन गर्न सहयोग पुग्ने भट्टराईले बताए । उनले क्षुद्र ग्रह जुनसुकै बेला पृथ्वीमा ठोक्किन सक्ने भएकाले त्यसको प्रकृति र स्वभावका बारेमा बेलैमा थाहा पाउन जरुरी हुने पनि भट्टराईले जानकारी दिए ।
यस अनुसन्धानमा नेपालबाट पोखराको पृथ्वीनारायण क्याम्पसका पाँच शिक्षक र विद्यार्थी, काठमाडौँ जोरपाटीस्थित सेलिब्रेसन को–ईडीका पाँच जना र नासोका नौ जना गरी १९ जनाको पाँचवटा समूह क्रियाशील थिए ।
सिटिजन साइन्स परियोजना अन्तर्गत हाल नेपाल, भारत, पोर्चुगल, पोल्यान्ड, मकाउ, दक्षिण अफ्रिका, ब्राजिल लगायतका विश्वभरका २५ देशको सहभागिता छ ।
२०७३ फागुन २४ गते प्रकाशित