Thu. May 15th, 2025

नुवाकोटमा अपहरण गर्न खोज्ने चारजना पक्राउ

pakrau

२४  फागुन, नुवाकोट –

दुईपिपल–७ महादेवखर्क घर भएर दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

निर्माणाधीन घरका लागि महादेवखर्कबाट दुईवटा मिनीट्रकमा काठ लिएर आउँदै गर्दा सोमबार बिहान चेपिनेबाट अपहरण गरी रु १५ लाख फिरौती माग्ने प्रयास गरेका दुईपिपलका सन्तबहादुर तामाङ, कृष्णराज श्रेष्ठ, मकवानपुर टिस्टुङका वाङ लामा र सूर्यबहादुर स्याङताङलाई नियन्त्रणमा लिइएको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले जानकारी दिए ।

बिहान १ बजेको समयमा दुईवटा मिनीट्रकमा राखेर सल्ला र सालको काठ लिएर कोल्पुटार आउँदै गर्दा तीनवटा मोटरसाइकलमा चेपिने भन्ने स्थानमा सडकमा बसेका चारजनाले आफूहरुलाई राष्ट्रिय अनुसन्धान ब्युरोको एसपीले पठाएका प्रहरी भन्दै रु १५ लाख माग गर्दै अपहरणको प्रयास गरेको प्रहरी प्रमुख बोहराले बताए । रासस

२०७३ फागुन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: