Sat. Jul 5th, 2025

धादिङ अदालतको नयाँ भवन बन्ने, प्रधानन्याधीसद्धारा शिलान्यास

shusila-karki
२६ फागुन,  धादिङ –

धादिङ जिल्ला अदालतको सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भवनको प्रधानन्यायधिस शुशिला कार्कीले विहिबार शिलान्यास गरेकी हुन् ।

 नवनिर्मित भवन शिलान्यास गर्दै प्रधानन्यायधिस कार्कीले अब बन्ने भवन बनाउँदा विशेष अवस्था भएका व्यक्तिलाई ध्यान दिन सुझाव दिइन् । सरकारी काम गर्दा सबैतिर हेलचेक्राइ गर्ने परिपाठी बढ्दो छ । उनले भनिन् ‘सबैले यो भवन आफ्नै सम्झेर, बलियो बनाउनेतिर लाग्नुस् ।’

 उच्च अदात पाटनका मुख्य न्यायधिस टंकबहादुर मोक्तानले पीडितको गोपनीयताको लागि डिजिटल प्रविधि मार्फत बयान गर्ने नयाँ प्रविधि भित्रिसकेको त्यस तर्फ ध्यान दिन आग्रह गरे । ‘सेवाले मात्रै होइन, भौतिक संरचना र पूर्वाधारले पनि न्याय सम्पादनमा प्रभाव पर्छ । साक्षी सुरक्षाको लागि साक्षीहरुको बयान गर्ने छुट्टै कोठाको व्यवस्था गर्नुहोस्’ उनले भने ।

 भुकम्पले पुरानो भवन भत्कीएरपछि तीन तले सुविधासम्पन्न नयाँ भवन निर्माण थालिएको हो । ७ करोड ५९ लाख २ हजार ६ सय ५४ रुपैया लगानीमा २ वटा इजलास सहितको भवन बन्ने जिल्ला अदात धादिङका न्यायधिस भरत लम्सालले  बताए ।

   नवनिर्मित भवन कुल ३४ कोठाको हुनेछ । न्यायधिस लम्सालले भने ‘शिलान्यास गरिएको भवन बालमैत्री, पीडित मैत्री र अपाङ्गमैत्री हुनेछ ।’ अदालतमा आउने सेवाग्राहीलाई विश्रामको लागि १५ सय वर्गफिटको कुरुवाकक्ष रहने उनले जानकारी दिए । पुरानो भवन भूकम्पले क्षति पुगेपछि अहिले रेट्रोफिटिङ भवनबाट अदालतले सेवा प्रदान गर्दै आएको छ ।

 जिल्ला वन, राष्ट्रिय अनुसन्धान, जिल्ला पशु सेवा, जिल्ला भुसंरक्षण, डिभिजन सहकारी कार्यालय, प्रमुख जिल्ला अधिकारीको क्वाटर लगायत सरकारी कार्यालयको भवन निर्माणाधिन छ ।

२०७३ फागुन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: