Sat. Jul 5th, 2025

कुरिनटारमा ट्रक र बस ठोक्किँदा ८ जना घाइते

jeep-accident

२७ फागुन, धादिङ –

पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक ३, कुरिनटारमा शुक्रबार बिहान ट्रक र बस आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट मुग्लिन आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ५ ख २४७८ नम्बरको बस आपसमा ठोक्किँदा बसमा सवार ८ जना यात्रु घाइते भएका हुन् ।

घाईते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।

२०७३ फागुन २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: