

११ चैत, धादिङ –
नेकपा एमालेले नगरपालिका र गाउँपालिकाका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार छनोट गर्ने अधिकार पार्टीका प्रदेश समितिलाई दिएको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकले उम्मेदवार छनोटको अधिकार र उम्मेदवारको मापदण्ड तय गरेको हो ।
स्थानीय तहका वडाध्यक्ष र सदस्यको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला समितिलाई दिने निर्णय गरिएको छ । त्यसरी उम्मेदवार तय गर्दा तलका समितिले तीनजना सम्भावित उम्मेदवारको नाम छनोट गरी जिल्लामा पठाउनुपर्नेछ ।
वडा, गाउँ र नगर समितिको सिफारिसमा वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंग्याउने अधिकार सम्बन्धित जिल्ला समितिलाई दिइएको बताए । तर महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट भने स्थायी समितिले नै गर्ने भएको छ । नगर समिति हुँदै सम्भावित तीनजना उम्मेदवारको नाम स्थायी समितिमा पुर्रयाउनुपर्ने र त्यसका आधारमा उम्मेदवार चयन हुने बताए ।
गाउँपालिका र नगरपालिकाको प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार तय गर्ने अधिकार भने सम्बन्धित प्रदेश समितिलाई दिएको छ । बैठकले स्थानीय आवश्यकताअनुसार अन्य पार्टीसँग उम्मेदवार तालमेल गर्ने अधिकार स्थानीय समितिलाई नै दिएको छ ।
२०७३ चैत ११ गते प्रकाशित