Sat. Jul 5th, 2025

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस मनाइदै

FNJ-Logo
१६ चैत, धादिङ –

 

आज नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस ।

स्थापना दिवसका अवसरमा देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाईरहेका छन् । दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा।महेन्द्र विष्टले मुलुकभर र संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्ना अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गरे।

नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मक केही कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिकको भुक्तानी अवस्थामा सुधार भएपनि समस्या हटिसकेको छैन ।

समग्रमा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने खाँचो छ । संविधानसभाबाट जारी भएको नयाँ संविधान बमोजिम मुलुक अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ भने नेपाल पत्रकार महासंघ पनि २५औं महाधिवेशनको पूर्वतयारीमा रहेको पनि बताए ।

२०७३ चैत १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: