Sat. Jul 5th, 2025

नौबिसेमा दुर्घटना, बालिकाको मृत्यु

jeep-accident
१९ चैत, धादिङ –

धादिङको धुनिबेशी नगरपालिका अन्र्तगत नौबिसेको बाहुनडाँडामा शनिबार दिउँसो ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा १ जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । काठमाण्डौँबाट मलेखु तर्फ आउदै गरेको ना ४ ख ८४९५ नम्बरको ट्रकले काठमाण्डौँ तर्फ जाँदै गरेको बा ८३ प ९०७० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । मोटरसाईकल उछिट्टीएर मलेखु तर्फ नै आउदै गरेको लु २ ख ५०९६ नम्बरको अर्को ट्रकमा ठोक्किएको थियो ।

घटनामा मोटरसाईकलमा रहेकी अन्दाजी ३र४ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते २ जना बालिकाको बाबु र आमालाई उपचारको लागि काठमाण्डौँ नर्भिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

२०७३ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: