Sat. Jul 5th, 2025

समाचार प्रभाव : दाम्लोमुक्त भइन् सल्यानटारकी बन्दना

bandana copy

२२ चैत,  धादिङ –

२०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण होस गुमाएपछि दाम्लोमा जिवन गुजारिरहेका धादिङ सल्यानटार गाउँ विकास समिति वडा नं ७ की  ६ बर्षिय बालिका बन्दना कुमाल दाम्लोमुक्त भएकी छिन ।

खेल्ने पढ्ने उमेरमा दाम्लोको बन्धन भन्ने समाचार पाविल अनलाइन लगायत विभिन्न संचारमाद्यमहरुमा प्रकाशित भएपछि उनलाइ उद्धार गर्नको लागि युनिसेफले चासो देखाएको थियो ।
जिल्ला बाल कल्याण समितिको समन्वय र युनिसेफको सहयोगमा भुकम्प पछि बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेको सस्था एकिकृत सामुदायिक विकास समाज आइसीडीसी धादिङले बन्दनालाइ उद्धार गरि पुनस्थापना केन्द्रमा पठाएको छ ।

ललितपुरको बागडोलमा कोशिस नामक सस्थाले संचालन गरेको मेन्टल हेल्थ एण्ड साइकोसोसल केन्द्रमा सम्पुर्ण उपचार खर्च निशुल्क गर्नेगरि पठाइएको आइसीडीसीका सामाजिक परिचालक नानीमाया गुरुङले जानकारी दिइन । बन्दना पुर्ण रुपमा ठिक नभएसम्म मनोपरामर्श र अन्य उपचार गराइने तथा उपचार अवधिभर अभिभावक साथमा नरहेपनि अभिभावकले चाहेको बेलामा बन्दनालाइ भेट्ने ब्यवस्था मिलाइएको आइसीडीसीका कार्यक्रम संयोजक तिरुपति परियारले जानकारी दिए ।

उनले भने, ‘बन्दनालाइ दाम्लोमा बाँधिएर राखेको भन्ने विषयमा समाचार प्रकाशित भएपछि हाम्रो परियोजना अन्तरगत बाल संरक्षण घटना ब्यवस्थापन मार्फत उद्धार गरि कोशिसमा पठाइएको हो ।’

यस अघिको समाचार

सल्यानटारकी बन्दना कुमाल २ वर्ष देखि दाम्लोमा बाँधिएर बस्न बाध्य

२०७३ चैत्र २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: