Sat. Jul 5th, 2025

धादिङका नगरपालिका र गाउँपालिकामा निर्वाचन अधिकृत तोकिए

dhading-nirbachan-adhikrit
सरिता श्रेष्ठ /  २२ चैत,  धादिङ –

आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि धादिङका २ वटा नगरपालिका र ११ वटा गाउँपालिकामा निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन आयोगले धादिङको नीलकण्ठ नगरपालिकामा धादिङ जिल्ला अदालतका माननीय जिल्ला न्यायाधिस भरत लंम्साललाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकेको छ । त्यस्तै धुनीवेशी नगरपालिकामा धुनीबेसी नगरपालिकाका कार्यकारी अधिकृत उपेन्द्रराज पंडेललाई निर्वाचन अधिकृतका रुपमा तोकिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत ईश्वर सिम्खंडाले जानकारी दिए ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका कानून अधिकृत गंगाबहादर खरेललाई रुबी भ्याली गाउँपालिका, वाणिज्य मन्त्रालयका  उपसचिव रामजी दनाईलाई गल्छी गाउँपालिका, जिल्ला प्रशासन कार्यलय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई खनियावास गाउँपालिका, सहकारी तथा गरिबी निवारण मन्त्रालयका कानून अधिकृत भगवानलाल श्रेष्ठलाई गंगाजमुना गाउँपालिका, यातयात व्यवस्था कार्यालय नारायणीका उपसचिव विश्वराज नेपाललाई नेत्रावती गाउँपालिका, मालपोत कार्यालय धादिङका उपसचिव शालिकराम आचार्यलाई त्रिपुरासुन्दरी गाउँपालिकाको निर्वाचन अधिकृत तोकेको छ ।

त्यस्तै आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनका उपसचिव थानप्रसाद पंज्ञानीलाई ज्यालामुखी गाउँपालिका, शंखरापुर नगकार्यकापािलका कार्यालय काठमाडौँका कार्यकारी अधिकृत दुर्गानाथ गौतमलाई गजुरी गाउँपालिका, श्रम अदालतका रजिष्टर महेनद्य्रराज काफ्लेलाई थाक्रे गाउँपालिका, महान्याधिवक्ताको कार्यालय रामशाहपथका उपन्यायाधिवक्ता यदुनाथ शर्मालाई बेनिघाटरोराङ गाउँपालिका, निलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रबहादुर अर्याललाई सिद्धलेक गाउँपालिकाको निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।  चैत २५ गते देखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृतहरू तोकिएको बताए ।

देशभरका ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । ७५ जिल्लामा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतका रूपमा रहनेछन् । उनीहरूले पनि एउटा स्थानीय तहको जिम्मा लिनुपर्नेछ । त्यसबाहेक ६ सय ६९ जना न्याय तथा प्रशासन सेवाका उपसचिवलाई बाँकी स्थानीय तहको निर्वाचन अधिकृत तोकिएको हो ।

२०७३ चैत २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: