Sat. Jul 5th, 2025

म्यादी प्रहरीका लागि धादिङ जिल्लाबाट ९ सय १५ जना छनोट

myadi-police-dhading
सरिता श्रेष्ठ / २३ चैत, धादिङ –

आगामी २०७४ साल बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि धादिङ जिल्लाबाट म्यादी प्रहरीको लागि ९ सय १५ जना छनोट भएका छन् ।

जसरमा ६ सय ७७ जना पुरुष र २ सय ३८ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

धादिङ जिल्लामा म्यादी प्रहरीका लागि १ हजार ४ सय ३ जनाले आवेदन दिएका थिए । आवेदन अनुसार जिल्ला प्रहरी कार्यालय धादिङले स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त, लिखित परीक्षा, मौखिक परीक्षा लगायत विभिन्न प्रक्रिया पु¥याएर छनोट गरेका हुन् ।

म्यादी प्रहरीका लागि धादिङ स्थित जिल्ला प्रहरी कार्यालय धादिङमा आवेदन फारम बुझाउनेहरुको अत्यधिक भीड लागेको थियो । चैत्र ११ गतेदेखि १७ गते साँझसम्म आवेदन दिने समय तोकिएकामा अपेक्षाभन्दा बढीको आवेदन परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिक रुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिकमध्येबाट म्यादीका लागि आवेदन आव्हान गरिएको थियो । परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी ५५ दिन काममा खटिनु पर्ने जनाइएको छ ।

२०७३ चैत २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: