Sat. Jul 5th, 2025

धादिङको गोरखनाथ मन्दिरमा ४२ जनाको सामुहिक ब्रतबन्ध

gorakhnath-1

२५ चैत,  धादिङ –

धादिङको धुनिबेसी नगरपालिका ५ स्थित जिवनपुर मा रहेको गोरखनाथ मन्दिरमा ४२ जनाले सामुहिक ब्रतबन्ध गरेका छन् ।

विगतका वर्षमा सामुहिक ब्रतबन्ध धार्केमा हुँदै आएकोमा यस वर्ष भने नवनिर्मित गोरखनाथ मन्दिर विजयपुरमा गरिएको हो ।

ब्रतबन्ध कार्यक्रममा नुवाकोट, मकवानपुर र काठमाण्डौका बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको हो । धार्मिक संस्कारको जगेर्ना र खर्च कम लाग्ने भएकाले सामुहिक ब्रतबन्ध गराएको सहभागीहरुले बताएका छन् ।

अहिले सद्गुरु गोरखनाथ बाबाको मन्दिर निर्माण कार्य अन्तिम चरणमा रहेको छ । मन्दिर निर्माणमा १ करोड १५ लाख रुपैयाँ खर्च भएको सँस्थाका अध्यक्ष अर्जुन रेग्मीले जानकारी दिए।

२०७३ चैत २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: