Sat. Jul 5th, 2025

सद्भाव र विश्वास बढाउन नलाङका अभिभावकलाई प्रशिक्षण

Parents Group photo

२९ चैत, धादिङ – 

धादिङको सिद्धलेक गाँउपालिका स्थित नलाङ निम्न माध्यमिक विद्यालयमा अभिभावकत्व स्नेपूर्ण यात्रा विषयक एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । अभिभावकहरुका लागि संञ्चालन गरिएको कार्यक्रममा आउने पुस्ताको सही मार्गमा लगाउने आवश्यक्ता, अभिभावकहरुको भुमिकाको विषयमा छलफल गरिएको थियो ।

छलफलको क्रममा सहभागी अभिभावकले आफ्ना छोरा कक्षा ८ पढ्दा पढ्दै घर छाडेर हिडेको, सानै उमेरमा कुलतमा फसेको लगायतका समस्याहरु बताएका थिए । अभिभावक र छोराछोरी विच वेमेलका कारण परिवारमा आउने यस्ता समस्याहरुले समुदायमा विकरालरुप लिँदै गएको सहभागीहरुको भनाई थियो ।

वेलायतको आशाका लागी रणनितीहरु स्टेन्जर फर होप नाम गरेको संस्थाले तयार पारेको अभिभाकत्व सम्बन्धी निर्देशिकालाई नेपाली परिवेशमा ल्याएर तयार पारेको सस्था सक्रिय शाथले उक्त छलफल गरेको हो । कार्यक्रममा अभिभावक र वालवालिका विच कसरी आपसी सदभाव र विश्वास वढाउने ? लगायतका विषयमा सक्रिय शाथका श्रोत ब्यक्ति सुयोग ढकाल र श्याम सुन्दर बाँस्कोटाले सहजीकरण गरेका थिए  । सक्रिय साथ एउटा गैर सरकारी सामाजिक सँस्था हो । यस सस्थालाई अभिभाकत्व सम्बन्धी पुस्तकहरु प्रकाशन र वितरण गर्न अमेरिकी नियोग ईएलसीएवाट सहयोग प्राप्त गरेको थियो । करिब २ वर्ष लगाएर तयार पारिएका दुईवटा तालिम निर्देशिका सक्रिय शाथले प्रकाशन र तालिमको ब्यवहारिकतामा ल्याएको छ ।

कार्यक्रममा प्रस्तुत गरिएको एउटा स्नेहपूर्ण यात्रा र मेरो जिवन अब आरम्भ हुन्छ, किशोर किशोरीहरुको निमित्त ज्ञान र सीप अभिभावक र विधार्थीहरुमा केन्द्रीत यस्ता निर्देशीकाहरु अत्यन्त प्रभावकारी रहेको र ति पुस्तकको अध्ययन र तालिमवाट धेरै कुरा सिक्ने मौका पाएको तालिमका सहभागी अभिभावकहरुले बताएका छन् । सक्रिय साथले आगामाी दिनहरुमा धादिङको उत्तरी क्षेत्रहरु लापा, झार्लागं, रि लगायतका गाँउहरुमा पनि यस विषयमा छलफल गर्ने कार्यक्रम रहेको सक्रिय साथका कार्यक्रमका संयोजक सुयोग ढकालले बताए ।

कार्यक्रमकै अवसरमा धादिङ्गमा वाल संरक्षणका लागी कार्यरत सामाजीक कार्यकर्ता सन्जीव अधिकारीले पनि कार्यक्रमको प्रभावकारीता अत्यन्त राम्रो रहेको बताए । भूकम्प  पछी वढेको समस्याहरु अनि पारीवारीक सञ्चारका कुराहरु यसले सम्बा्ेधन गर्दछ, अधिकारीको भनाई थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न सामाजिक सस्थाहरुको कार्यक्रमको भीडमा सक्रिय शाथको कार्यक्रम साँच्चीकै अपेक्षा भन्दा अझै राम्रो रहेको र कार्यक्रम सफलताको शुभकामना समेत दिएका थिए ।

२०७३ चैत २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: