Sat. Jul 5th, 2025

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली सम्बन्धी तालिम धादिङबेसीमा सुरु

training

३० चैत,  धादिङ –

जन्म, विवाह, , बसाईसराई, मृत्यु, जस्ता व्यक्तिगत घटनाहरु साथै सम्पूर्ण सामाजिक सुरक्षा सूचना विवरण अनलाईन गर्ने उदेश्यले तालिम संचालन भएको छ ।

केन्द्रीय पंजिकरण विभागको सहयोगमा जिल्ला समन्वय समितिको आयोजना तालिम संचालन गरिएको हो । तालिम चैत्र ३१ गते सम्म संचालन हुने छ । धादिङ जिल्ला सवै स्थानीय तहका कम्तिमा १ जना कर्मचारी भएको यस तालिम कार्यक्रममा २४ जनाको सहभागिता रहेको छ ।

यस तालिम कार्यक्रमको शुभारम्भ गर्दै स्थानीय विकास अधिकारी श्री जीवलाल भूसालले इन्टरनेटको पहुँच पुगेका गाविसहले अनिवार्य रुपमा तत्काल अनलाईन घटना दर्ता गर्ने र पूर्वाधार नपुगेका गाउँपालिकाहरुले पूर्वाधार विकासको लागि आवश्यक बजेट विनियोजन गरी कार्य गर्न निर्देशन दिए ।

२०७३ चैत ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: