Fri. Jul 4th, 2025

मध्यरातमा अस्थाई टहराको ओछ्यानबाटै हराए डेढ वर्षिय बालक

dhading map
४ बैशाख,  धादिङ –  

धादिङको वेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षिय बालक गयराती सुतिरेहेको ठाउँबाटै हराएका छन् ।

भुकम्पले घर भत्किएपछि अस्थाई टहरामा आमाबुबासंगै सुतेका डेढ वर्षका बालक बुलिलाल चेपाङ राती करिब २ बजे ओछ्यानमा नभेटिएका हुन् । छानोमा खर र त्रिपालले ढाकेर भित्तामा घोचेबारले बेरेको टहरामा सुतेका बालक मध्यरातमा हराएपछि परिवारमा रुवाबासी चलेको छ ।

बालक बुद्धिलाल सोमबहादुर चेपाङ र मनमायाँ चेपाङको कान्छो छोरा हुन् । जेठो छोरा ३ वर्षको छ । डेढ वर्ष र ३ वर्ष २ छोरा र उनका आमाबुबा संगै सुतेका थिए । सबैजना निन्द्रमा भएको बेला डेढ वर्षको छोरा मात्रै हराएको बालकका बुबा सोमबहादुरले बताए ।

टहराको ढोका छेउमा आफु सुतेर श्रीमति र छोरामा कुनापट्टि सुताएका थिए । सोमबहादुरले भने ‘राती २ बजे विउजिँदा मसंगै सुतेको जेठो छोरा चाही संगै छ, सानो छोरा ओछ्यानमा थिएन ।’ आफ्नै काखीमा सुताएको छोरा हराएपछि आमा मनमायाँ अचेत जस्तै बनेकी छन् ।
बच्चा राम्रोसंग हिडडुल गर्न समेत नसक्ने भएकोले आमाबुबा निन्द्रामा भएको बेला बच्चा चोरी भएको हुन सक्ने गाउँलेहरुले अनुमान लगाएका छन् । ‘राती उठेर कतै गयो भनौं सानै छ हिड्न सक्दैन, जिवजन्तुले लग्यो भनौं भने बुबा चाही ढोकामै सुतेको भन्छ ।’ स्थानीय शिक्षक तुलसीजंग थापाले भने ‘बच्चा कसैले चोरेरै लगेको सक्छ ।’

बागुराङ गाउँ पुग्न पृथ्वी राजमार्ग अन्तर्गत मलेखुबाट डेढ घण्टाको सवारी यात्रा र करिब ३ घण्टाको पैदल हिड्नुपर्छ । गरिब र न्यून आय भएका दुर्गमको चेपाङ समुदायबाट मध्यरातमा बच्चा हराएपछि वरपरका गाउँलेहरु समेत त्रसित बनेका छन् । हराएको बच्चाको खोजी गरिदिन वरपर गाउँका अग्रजहरुसंग पनि आग्रह स्थानीयहरुले आग्रह गरेका छन् ।

चेपाङ बालक मध्यरातमा हराएपछि रातीदेखि नै गाउँलेहरुले खोजी गरिरहेका छन् । ओल्लोगाउँ पल्लोगाउँसम्म खोजि गर्दा बच्चा नभेटिएपछि गाउँले सबै त्रसित बनेका छन् । प्रहरी चौकी ताल्तीबाट प्रहरीको टोली गाउँ पुगेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बरुण बहादुर सिंहले बताए ।

२०७४ बैशाख ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: