सरकारलाई एमालेको तीन सर्त

बैशाख १७, २०७४

uml-party-office-dhumbarahi

१७ वैशाख, काठमाडौं – 

प्रमुख प्रतिपक्षी दल एमालेले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ । स्थायी कमिटीको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमालेका एक नेताले भने सहमतिको वतावरण बन्छ भने वैशाख ३१ को मिति एक–दुई साता पर सार्न सकिन्छ तर, त्यसका लागि हामीले तीन सर्त राखेका छौं । उनका अनुसार एमालेले चुनावको मिति केही दिन पर सार्न सरकारले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने, बजेटअघि तर एकै चरणमा चुनाव गराउनुपर्ने र मधेसी मोर्चा पनि चुनावमा आउने ग्यारेन्टी हुनुपर्ने सर्त अघि सारेको छ ।

फागुनमा वैशाख ३१ गते एकै चरणमा मुलुकभर स्थानीय चुनाव गर्ने घोषणा गरेको सरकारले आन्दोलनरत मधेसी मोर्चालाईपनि सहभागी गराउन भन्दै एक साताअघि दुई चरणमा गर्ने निर्णय गरेको छ । नागरिक दैनिकबाट

No data was found

२०७४ बैशाख १७ गते प्रकाशित

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने

बालुवा उद्योग विवाद र पालिका अध्यक्षको ‘इगो’: सिद्धलेक-७ नं. वडामा अनिश्चितकालीन तालाबन्दी

‘ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन’

यो पनि पढ्नुहोस