नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिगमा तीन खेल घरेलु मैदानमै खेल्ने

फागुन ३, २०७१

ICC

काठमाडौं ।

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका तीन खेल घरेलु मैदामै खेलने भएको छ ।

आईसीसीले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पपुवा न्यूगिनी, नामिबिया र केन्याविरुद्धका तीन खेल घरेलु मैदानमा खेल्ने भएको हो ।

खेल तालिकाअनुसार नेपालले अप्रिलदेखि जुनको बीचमा पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ । दोस्रो खेल अगष्टदेखि नोभेम्बरबीचमा पपुवा न्यूगिनीविरुद्ध खेल्नेछ भने तेस्रो खेल नामिबियाविरुद्ध सन् २०१६ को फेब्रुअरीदेखि जुनबीचमा हुनेछ ।

आईसीसीका अनुसार चौथो खेल सन् २०१६ को अगष्टदेखि नोभेम्बरबीचमा नेदरल्यान्ड्ससँग, पाँचौ खेल सन् २०१७ को फेब्रुअरीदेखि जुनभित्र केन्याविरुद्ध, छैटौं खेल सन् २०१७ को जुलाईदेखि नोभेम्बरबीचमा हङकङविरुद्ध र सातौं खेल सन् २०१७ को नोभेम्बरदेखि डिसेम्बरबीचमा युएईविरुद्ध हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

लागूऔषधसहित १४ जना पक्राउ

छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

यो पनि पढ्नुहोस