धादिङमा ५७ जनाले उम्मेदवारी फिर्ता लिए

बैशाख २२, २०७४

Local_election

२२ वैशाख, धादिङ –

स्थानीय तहको निर्वाचनमा धादिङमा ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारीस् फिर्ता लिएका छन् ।

पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो ।

निर्वाचन आयोगका अनुसार काठमाडौं मात्रै ५४, ललितपुरका ३५, भक्तपुरमा ३२ काभ्रे २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२,  रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३ दोलखामा ४७, मकवानपुरमा ३६ र चितवनमा ३० जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।

कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहुँमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिनेलाई बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समयसीमा तोकेको थियो ।रासस

२०७४ बैशाख २२ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ