नीलकण्ठ नगरपालिका देशकै विकसित र समृद्ध बन्छ – भीमप्रसाद ढुङगाना

बैशाख २३, २०७४

bhim-dhungana

२३ बैशाख,  धादिङ  –

आसन्न स्थानिय तहको निर्वाचनका लागि धादिङको नीलकण्ठ नगरपालिकाको मेयरका आकाक्षी भीम ढुङगानाले प्रचारलाई तीब्रता दिएको छ । लामो समयदेखि समाजसेवामा तल्लीन ढुङगानाले समाजसेवाका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् ।

आम नगरवासीको नगरवासीको चाहना, लोकप्रियता, विकास निर्माणमा उनको सकृयता, आफ्नो अर्काको नभनी सबै जनताको काममा अहोरात्र खटिने पात्रको रुपमा उनको परिचय बनेको छ । त्यसैले अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत उनको कार्यशैली र इमान्दारीतामा औला उठाउने मौका पाएका छैनन् ।
उनी भन्छन् – संविधानले दिएको हक अधिकार जनताको घरदैलोमा पु¥याउनको निमित्त मेरो उम्मेदवारी हो । नागरिकले पाउने अधिकारको सहि प्रयोग गरे शान्त र सुन्दर नगर बनाउने योजना मैले बनाएको छु । संविधान कार्यान्वयन र सभ्य नगरपालिका मेरो प्रमुख एजेण्डा हो ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक विस्तार, खेलकुद मैदान लगायतका क्षेत्रमा काम गरि नपाली जनतालाई खुसी तुल्याउने बताएका छन् ।

२०३७ सालमा नीलकण्ठ मावि धादिङबेसीको कक्षा ७ मा पढ्दाखेरी नै राजनीतिकमा होमिएका ढुङगानाले युवाहरुको माझमा निकै नै राम्रो छवि बनाएका छन् । ढुङ्गानाले यस अघि २ पटक वडा अध्यक्ष चलाइसकेका छन् । ३७ सालदेखि निरन्तर राजनीतिमा छन् । ४९ साल र ५४ सालमा वडा अध्यक्ष चलाएको अनुभव उनीसंग छ । उनी भन्छन् ‘मैले गरेका विकास निर्माणका काम जनताले हेरेका छन् । जनताले नै मलाई उम्मेदवार बन्न प्रेरित गरेका हुन् । मेरो नेतृत्वमा नगरबासीले विकासको फड्को मार्नेछ ।’

२०७४ बैशाख २३ गते प्रकाशित

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

ग्रामीण भेगको प्रेमकथा ‘काजी’

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

यो पनि पढ्नुहोस