Sat. Jul 5th, 2025

धादिङको ८ वडाको नतिजा सार्वजनिक, एमाले ३, माओवादी केन्द्र ३ र कांग्रेस २ वडामा विजयी

dhadingmap

१ जेठ,  धादिङ –

 

 

धादिङको विभिन्न स्थानीय तहका ८ वटा वडाको मतगणना सकिएको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ ।

धुनिबेसी नगरपालिकाको वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा एमालेका चन्द्रबहादुर तामाङले ७ सय १२ मत ल्याई विजयी भएका छन् भने वडा नं. २ मा बलराम कुँवर विजयी भएका छन् । त्यसैगरी वडा नं. ३ मा नेपाली कांग्रेसका प्रकास हमाल विजयी भएका छन् ।

 नेत्रावती गाउँपालिकाको २ वटा वडामा माओवादी केन्द्रले विजयी हात पारेको छ । नेत्रावती गाउँपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर पल्ली विजयी भएका छन् । वडा नं २ मा पनि माओवादी केन्द्रका उम्मेदवार सुन्दर थापा विजयी भएका छन् ।

    थाक्रे गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले ६ सय ६१ मत र एमालेकोे स्यामसुन्दर थापाले ५ सय १५ मत प्राप्त गरेका छन् । यस वडामा कांग्रेस माओवादी केन्द्रबीच तालमेल थियो ।

 त्यस्तै गजुरी गाउँपालिका वडा नं. १ मा एमालेका राजकुमार पण्डितले ५ सय ९८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिदन्दी माओवादीका तारा भण्डारीले ५ सय ५४ मत पाएका छन् ।

  खनियाबास गाउँपालिका वडा नं. १ मा कांग्रेसका बुद्धि तामाङ २ सय ३१ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी एमालेका मानबहादुर तामाङले ९५ मत प्राप्त गरेका छन् ।
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीका नन्दु तामाङ २ सय ९२ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवारले २ सय ७६ मत पाए ।

 २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तहमा १०४ वडाहरु छन् । निलकण्ठ नगरपालिकाको मत गणना भने साँझबाट मात्रै सुरु भएको छ ।

 आइतबार विहानै (राती) देखि नै मत गणना सुरु भएको भएपनि कर्मचारीको संख्या न्यून भएका कारण मत गणनामा ढिलाई भएको कर्मचारीहरुले बताएका छन् ।

२०७४ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: