Sat. Jul 5th, 2025

धादिङको धुनिबेसी नगरपालिकामा एमाले विजयी


३ जेठ,  धादिङ  –

धादिङको धुनीबेसी नगरपालिकामा नेकपा एमाले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण आचार्यले ६ हजार ८ सय ४८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रका दीपक लामिछाने सुबोधले २ हजार ३ सय ३१ मत ल्याई पराजित भए ।

उपाध्यक्षमा नेकपा एमालेका निरु खरेलले ३ हजार ७ सय ७८ मत ल्याई विजयी भइन् । उनका प्रतिद्धन्द्धि माओावदी केन्द्रका शावित्रि आचार्यले २ हजार ३ सय ४० मत ल्याई पराजित भए ।

धुनीबेसी नगरपालिकाको  ९ वटा वडा मध्ये एमालेले ६ वटा, माओवादी केन्द्रले २ वटा र नेपाली काँग्रेसले १ वटा वडामा विजयी हाँसिल गरे ।
वडा नं १ मा एमालेका चन्द्र तामाङ ७ सय १२ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धि कुमार तामाङले ५ सय २३ मत ल्याए ।  वडा नं २ मा एमालेका बलराम कुबँरले ९ सय ५० मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका गणेश खकुरेल ३ सय ९८ मत ल्याई पराजित भए ।  वडा नं ३ मा नेपाली काँग्रेसका प्रकाश हमालले ६ सय ७१ मत ल्याई विजयी भएका छन् । त्यस्तै प्रतिद्धन्द्धि एमालेका राजेश रुचालले ६ सय ५२ मत ल्याए ।  वडा नं ४ मा एमालेका हरि सुवेदी ९ सय ३७ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रका दिपक ठकुरीले  ४ सय ७१ ल्याए ।

वडा नं ५ मा माओवादी केन्द्रका कृष्णकुमार रेग्मी ६ सय २४ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि एमालेका पुरुषोत्तम अर्यालले ५ सय ७२ मत ल्याए ।  वडा न ं ६ मा एमाले कान्छा तामाङले ४ सय ९३ मत ल्याई विजयी भए । उनको प्रतिद्धन्द्धि नेपाली काँग्रेसका राजकुमार बानियाँले ४ सय २२ मत ल्याए ।  वडा नं ७ मा एमालेका केशव पाठक ६ सय ७२ मत ल्याई विजयी भएका छन् ।
वडा नं ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी ८ सय ५४ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि एमालेका भरत रेग्मीले ७ सय १७ मत ल्याए ।  वडा नं ९ मा एमालेका साइला राई ६ सय १९ मत ल्याई विजयी भएका छन् ।

२०७४ जेठ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: