

३ जेठ, धादिङ –
धादिङको खनियाबास गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेद्वार रण बहादुर तामाङ विजयी भएका छन् । उनले १६ सय ४६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका प्रदीप फ्युवाले ९ सय ७१ मत ल्याई पराजित भए ।
उपाध्यक्षमा नेपाली काँग्रेसकै यो माया तामाङ विजयी भएका छन् । उनले १६ सय ५५ मत ल्याई विजयी भइन् भने नि प्रतिद्धन्दी सुस्मा तामाङले ९ सय १७ ल्याई पराजित भए ।
पुर्व गृहमन्त्री बुद्धिमान तामाङको पकट क्षेत्र रहेको साविकको झार्लाङ गाउँ विकास समिति, दार्खा र सत्यदेवी गाउँ विकास समिति मिलेर बनेको गाउँपालिकामा यस पटक नेपाली काङग्रेसका उम्मेद्वारले बाजी मारेका हुन । राप्रपाले जित्ने अनुमान गरिएपनि यो गाउँपालिकामा राप्रपा चौथो भएको छ ।
जम्मा ७ हजार २ सय २२ मतदाता रहेको उक्त गाउँपालिकामा ४ हजार ८ सय ९५ मत मात्रै खसेको थियो । ६ वटा बडा रहेको खनियाबासमा क्रमश बडा नं १, २, ३ र ५ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु क्रमश बुद्धि तामाङ गणेश तामाङ र टेक बहादुर तामाङ र बुधराम तामाङ विजयी भएका छन् भने वडा नं ४ मा नेकपा एमालेका उम्मेद्वार हरिसिंह गुरुङ विजयी भएका छन् ।
२०७४ जेठ ३ गते प्रकाशित