

३ जेठ, धादिङ –
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेत्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दुर्गा कुमार शाक्य विजयी भएका छन् ।
नेपाली कांग्रेसका टेकजंग लामालाई ७४ मतले पछि पार्दै शाक्य विजयी भएका हुन् । शाक्यले १६ सय ४७ मत प्राप्त गरेका छन् भने लामाले १५ सय ७३ मत पाएका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा १५ सय ४२ मत ल्याई नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङ विजयी भएका छन् । उनकी प्रतिद्धन्दी नेकपा एमालेका मिना तामाङले १५ सय ९ मत पाएकी छन् ।
नेत्रावती वडा नं १ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली मगर, २ मा माओवादी केन्द्रका सुन्दर थापा, ३ मा काँग्रेसका विजय तामाङ, ४ मा एमालेका तीलबहादुर तामाङ र ५ मा एमालेका डम्बर बहादुर अधिकारी विजयी भएका छन् ।
२०७४ जेठ ३ गते प्रकाशित