

४ जेठ, धादिङ –
धादिङको गजुरी गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफ्नो वडामा मोटर चल्न सक्ने बाटो बनाउने कामलाई प्राथमिकतामा राखेकोे बताए ।
गाउँ जाने बाटोको नक्सामात्रै छ । बाटो बन्ने आशामा धेरै पटक भोट हाले पनि यहाँका चेपाङले आश्वासनभन्दा केही पाएनन् । ‘अब स्थानीय जनप्रतिनिधि आयो । गाउँले खुसी बनाउन हरदम लाग्नेछ’, चेपाङले भने ।
२०७४ जेठ ४ गते प्रकाशित