Sat. Jul 5th, 2025

मुग्लिन–नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द


४ जेठ,   चितवन  –

 

चितवनको मुग्लिन–नारायणगढ सडक विहिबारदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम हुनेछ । अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत मात्रै काम पूरा भएको खनालले जानकारी दिए । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ ।

उक्त सडकखण्डको ३४ किमी क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् ।
२०७४ जेठ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: