Sat. Jul 5th, 2025

वेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा काँग्रेस विजयी


४ जेठ,  धादिङ –

धादिङका बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवाल विजयी भएका छन् ।

माओवादी केन्द्रका हरि डल्लाकोटीले ६ हजार ४ सय १० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका गिरीराज कडेंलले मायादेवी शर्माले ५ हजार २ सय ५५ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३ सय २ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका मायादेवी शर्माले ५ हजार २ सय ७७ मत ल्याई पराजित भए ।

धादिङमा माओवादी केन्द्रले विजयी हाँसिल गरेको यो पहिलो गाउँपालिका हो ।

बेनिघाट रोराङ गाउँपालिकामा नेकपा एमाले एक्लै लडेका थिए भने माओवादी केन्द्र र नेपाली काँग्रेस तालमेल गरी क्रमश अध्यक्ष र उपाध्यक्ष गरी चुनावी मैदानमा लडेका थिए ।

२०७४ जेठ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: