
४ जेठ, धादिङ –
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।
नेकपा एमालेका शम्भुकुमार थापाले ४ हजार ६० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बासु तिमल्सीनाले ३ हजार ९ सय ६१ मत ल्याई पराजित भए ।
उपाध्यक्षमा नेपाली काँग्रेसका देवी पाण्डेले ३ हजार ९ सय ९० मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका कृष्णकुमारी थापाले ३ ८ सय ९६ मत ल्याई पराजित भए ।
धादिङमा अहिलेसम्म एमालेले धुनीबेसी नगरपालिका (बालकृष्ण आचार्य), नेत्रावती गाउँपालिका (दुर्गाकुमार शाक्य), गंगाजमुना गाउँपालिका (बलबहादुर अधिकारी ), सिद्धलेक गाउँपालिका (प्रेमनाथ सिलवाल), गल्छी गाउँपालिका (कृष्णहरी श्रेष्ठ), थाक्रे (रामकुमार आचार्य ), काँग्रेसले खनियाबास गाउँपालिका (रणबहादुर तामाङ), ज्वालामुखी गाउँपालिका, ( विनोद तिमल्सीना), माओवादी केन्द्रले बेनिघाट रोराङ गाउँपालिका ( हरि डल्लाकोटी) र राप्रपाले रुवीभ्याली गाउँपालिका (चेरुङ तामाङ )मा विजयी हाँसिल गरेको छ ।
गजुरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको मतगणना जारी छ ।
२०७४ जेठ ४ गते प्रकाशित