Sat. Jul 5th, 2025

धादिङमा एमाले ७, काँग्रेस २, माओवादी केन्द्र र राप्रपा १/१ स्थानमा विजयी

४ जेठ,  धादिङ –

धादिङका स्थानीय तहमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । २ नगरपालिका  र ११ वटा स्थानीय तह रहेको धादिङमा १ नगरपालिका र १० वटा गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ ।

विहिबार साँझसम्मको मत परिणाम अनुसार नेकपा एमालेले ७ स्थानमा विजयी हाँसिल गरेको छ भने नेपाली काँग्रेसले २, माओवादी केन्द्रले १ र राप्रपाले १ स्थानमा विजयी हाँसिल गरेको छ ।

जिल्लाको धुनिबेसी नगरपालिका, नेत्रावती, सिद्धालेक, थाक्रे, गंगाजमुना, त्रिपुरासुन्दरी र गल्छी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उत्तरको खनियाबास र ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेस,  बेनिघाटरोराङ गाउँपालिकामा माओवादी केन्द्र र रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।

धादिङमा अहिलेसम्मको नजिता

१.धुनीबेसी नगरपालिका –  एमाले (बालकृष्ण आचार्य)
२. नेत्रावती गाउँपालिका – एमाले (दुर्गाकुमार शाक्य)
३. गंगाजमुना गाउँपालिका – एमाले (बलबहादुर अधिकारी )
४. सिद्धलेक गाउँपालिका – एमाले ( प्रेमनाथ सिलवाल)
५. गल्छी गाउँपालिका  – एमाले (कृष्णहरी श्रेष्ठ)
६. थाक्रे गाउँपालिका – एमाले (रामकुमार आचार्य )
७. त्रिपुरासुन्दरी गाउँपालिका – एमाले (शम्भूकुमार थापा)
८. खनियाबास गाउँपालिका – काँग्रेस (रणबहादुर तामाङ)
९. ज्वालामुखी गाउँपालिका – काँग्रेस ( विनोद तिमल्सीना)
१०.बेनिघाट रोराङ गाउँपालिका – माओवादी केन्द्र ( हरि डल्लाकोटी)
११. रुवीभ्याली गाउँपालिका – राप्रपा (चेरुङ तामाङ )

२०७४ जेठ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: