Sat. Jul 5th, 2025

धादिङको गजुरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


५ जेठ,  धादिङ –

धादिङको गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ३ सय ३६  मत ल्याई विजयी भए । उनका निकटतम प्रतद्धिन्द्धि माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले ४ हजार ६ मत ल्याई पराजित भए ।

उपाध्यक्षमा एमालेका सीता ढुङ्गानाले ४ हजार २ सय १४ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका शर्मिला विसुरालले ३ हजार ८ सय ३५ मत ल्याई पराजित भइन् ।

गजुरी गाउँपालिकामा नेकपा एमाले एक्लै लडेका थिए भने माओवादी केन्द्र र नेपाली काँग्रेस तालमेल गरी क्रमश अध्यक्ष र उपाध्यक्ष गरी चुनावी मैदानमा लडेका थिए ।

२०७४ जेठ ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: